देशभर बदली : यी स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर सामान्यदेखि पूर्ण बदली सुदूरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।

मुलुकमा हाल मनसुनी वायु सक्रिय हुँदा देशभरको मौसम बदली भएको मौसमविदले बताएका छन् ।

शनिबार दिउँसो देशका सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।

राति पनि सबै प्रदेशमा सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

यसैगरी आइतबार देशका सबै प्रदेशहरुमा सामान्य बदली रही प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा र प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि सबै प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै सोमबार दिउँसो देशका सुदूरपश्चिम, कर्णाली, प्रदेश ५, र गण्डकी प्रदेशहरूमा पूर्ण बदली रही बाँकी प्रदेशहरुमा सामान्य बदली रहनेछ । प्रदेश ५, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का केही स्थानहरुमा र प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केहि स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्