गोरखा अस्पतालमा कोरोना संक्रमति व्यक्तिको मृत्यु



गोरखा : गोरखामा एक जना कोरोना संक्रमति व्यक्तिको मृत्यु भएको छ । गोरखा अस्पतालमा उपचाररच पालुङटार नगरपालिका वडा नं ७ निवासी ४४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० र ५५ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

असार १६ गते कतकारबाट नेपाल अएका उनको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले जानकारी दिए ।
अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार हुँदै आएको थियो । डा. थापाका अनुसार उनी डाइबिटीजको दीर्घरोगीसमेत थिए ।

असार १६ गते कतारबाट आएका उनलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टाइनमा राखिएको थियो ।

त्यहाँ लगातार खोकी लागेपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेनमा लगिएको थियो ।

गोरखा पालुङ्टारका ४४ वर्षीय पुरुषको मृत्यु भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि कोरोना संक्रमण पुष्टि भएका स्याङ्जाका ६० र ५५ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्