काठमाडौं उपत्यकाको ढलमा कोरोना भाइरस



काठमाडौं : काठमाडौं उपत्यकाको ढलमा कोरोनाभाइरस (कोभिड–१९)को भाइसर फेला परेको छ ।

सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । यस अध्ययनका लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । जसमध्ये दुई ठाउँमा कोभिड–१९को भाइरस फेला परेको हो ।

उक्त अध्ययनले उपत्यकामा समुदायमा कोरोना संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्याले बताए ।

उनले अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोरोना गराउने सार्स २ भाइरस हुन्छ भन्ने तथ्य फेला पारेको छ । जस अनुसार केही देशमा यस्ता अध्ययनहरु भइसकेका छन् भने नेपालमा पनि सोही आधारमा अध्ययन गरिएको उनले बताए ।

यो अध्ययनले समुदायमा संक्रमण फैलिइसकेको र परीक्षणको दायरा नपुगेको देखाउने डा. कर्मचार्य बताउँछन् । साथै यसरी अध्ययन गर्दा संक्रमण फलिइएको क्षेत्रको पहिचान हुने पनि उनले बताए ।

यो अध्ययनले समुदायमा संक्रमण भएको प्रष्ट पारेको भन्दै जोखिम समूहका मानिसहरुलाई बचाउनु पर्ने जनस्वास्थ्य वैज्ञानिक समिरमणी दीक्षित बताउँछन् । सामाजिक दुरी कायम नगर्ने हो र अन्य सुरक्षाका उपाय नअपनाउने हो भने संक्रमण जोखिम समूहमा छिर्न सक्ने उनको दाबी छ । दीक्षित भन्छन्-‘अब त राज्यले पनि समुदायस्तरमा नै संक्रमण फैलिएको मानेर त्यसको रोकथामको लागि जुट्नुपर्छ ।’

प्रकाशित : असार २०, २०७७

प्रतिक्रिया दिनुहोस्