सांसद यादवको सेवा सुविधाबाट मितेरी पुलको मर्मत

वीरगञ्जः पर्सा क्षेत्र नं.१ का सांसद प्रदिप यादवले आफ्नो सेवा सुविधाको रकमबाट मितेरी पुलको मर्मत सम्भार गराएका छन् ।

संघिय सांसद यादवको निजि खर्चमा सिमावर्ती भारतीय शहर रक्शौललाई जोड्ने वीरगञ्ज रक्सौल मितेरी पुलको मर्मत सम्भार गरिएको हो ।

जनता समाजवादी पार्टीका प्रभावशाली नेतासमेत रहेका सांसद यादवले भारत तथा तेस्रो मुलुकबाट स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज रक्सौललाई जोडने मितेरी पुलको अवस्था दिन प्रति दिन जर्जर हुदै गएको देखेर आफनो निजि खर्चमै भएपनि मर्मत सम्भारको कामहरु गराएको बताए ।

दैनिक सयौको संख्यामा मालबाहक गाडी तथा इन्धन बोकेको टयांकर ओहोर दोहोर गर्ने मितेरी पुल जर्जर हुनुको साथै सडक समेत विग्रीएका कारण ठुलो दुर्घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दे मर्मत सम्भार गराएको सांसद यादवले बताए ।

सरकारले कर मात्र लिने गरेको छ यस ठाउँबाट दैनिक सयौ मालबाहक गाडी तथा पेट्रोलियम पदार्थ बोकेको टंयाकरहरु यही बाटो प्रयोग गरेर आउने जाने गरेका छन तर वर्षौ देखी कुनै पनि किसिमको मर्मत सम्भार गरिएको छैन । सांसद यादवले नेपाल तथा भारत दुबै देशका सुरक्षाकर्मीहरुको उपस्थितीमा मर्मत सम्भारको कामहरु गराएको उनका स्वकिय सचिव निखिल वर्णवालले बताए ।

प्रतिक्रिया दिनुहोस्