प्रधानमन्त्रीका विश्वासिलो पात्रले नै दिन्छन् गलत सूचना !



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवम् प्रतिनिधि सभा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई उनकै विश्वासिलो पात्रले नै गलत सूचना सम्प्रेषण गर्ने बताएकी छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले विश्वास पात्र ठानिएका व्यक्तिले बारम्बार गलत सूचना सम्प्रेषण गरेर प्रधानमन्त्रीलाई उत्तेजित गराएको बताएकी हुन् ।

गलत सूचनाकै कारण हठाट संसद अधिवेशनको अन्त्य, डोमी पार्टी दर्ता, मन्त्रीहरुलाई कित्ता काँट गर्न निर्देशन, समर्थन जुलूस गराउने काम भएको उनको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्