ब्राजिलमा १६ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण



एजेन्सी : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६४ हजार ९०० पुगेको छ ।

यस्तै एकै दिन २६ हजार २०९ जना संक्रमित भएका छन् । योसँगै संक्रमित हुनेको संख्या १५ लाख ४ हजार ५८५ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म ९ लाख ७८ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ६१ हजार ७० जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्