काठमाडौं उपत्यकामा ५४ जना कोरोना संक्रमित



काठमाडौं : सोमबार काठमाडौं उपत्यकाकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् ।

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । संक्रमित कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्