सुदूरपश्चिम प्रदेशका थप १६ जनामा कोरोना पुष्टि



धनगढीः सुदूरपश्चिम प्रदेशमा आज (बिहिबार) थप १६ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा भएको परिक्षणमा ८ पुरुष र ८ महिला गरी थप १६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

बिहिबार धनगढी प्रयोगशालामा भएको परिक्षणमा कैलालीका ८ जना, कञ्चनपुरका २ जना, बाजुराका २ जना र अछामका ४ जनामा कोरोना पुष्टि भएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ८७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्