फिल्म ‘तख्त’मा बादशाह बेगमको रोलमा करिना



एजेन्सी : बलिउड नायिका करिना कपुर अहिले फिल्म ‘गुड न्युज’को सुटिङमा व्यस्त रहेकी छिन् । उनी छिट्टै फिल्म ‘तख्त’मा पनि देखिने भएकी छन् । उनी करण जौहरसँग १८ वर्ष पछि काम गर्दैछिन् । यस भन्दा पहिले करिनाले करणको फिल्म ‘कभी खुसी कभी गम’मा ‘पू’को भूमिका निर्वाह गरेकी थिइन् । उनले निर्वाह गरेको यो भूमिका निकै रुचाइएको थियो ।

हालै एक अन्तर्वार्तामा करिनाले फिल्म ‘तख्त’को अफ्नो भूमिका बारे जानकारी गराएकी छन् । उनले फिल्म तख्तमा आफूले निर्वाह गर्ने भूमिका हेरेपछि दर्शकले ‘पू’ लाई पनि बिर्सने बताएकी छन् । करिणाले यस फिल्ममा बादशाह बेगम अर्थात् शाहजहाँकी छोरी जहाँआराको भूमिकामा रहेकी छन् ।  यस फिल्ममा अनिल कपुर शाहजहाँको रोल गर्दैछन् । रणवीर सिंह शाहजहाँको छोरा र आलिया भट्ट दारा सिकोहकी पत्नीको रोलमा देखिने छिन् । 

प्रतिक्रिया दिनुहोस्