भारतमा दुई दिनमा ५१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण



एजेन्सी : भारतमा दुई दिनमा ५१ हजारभन्दा बढीलाई कोरोना भाइरको संक्रमण भएको छ ।

विहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार बिहान यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा २५ हजार ८०३ जना संक्रमित भएका छन् ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ९४ हजार ८५५ पुगेको छ । संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो ।

यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २१ हजार ६२३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्