‘सूर्यवंशी’को फस्टलुक सार्वजनिक



एजेन्सी :  बलिउडका चर्चित नायक अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’को का फस्टलुक सार्वजनिक भएको छ । यस फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका छन् । यो फिल्म २०२०मा इदको अवसर पारेर रिलिज गरिनेछ ।

नायक अक्षय कुमारले आफैँ यस फिल्मको फस्ट लुक सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले फिल्मको पोस्टर सार्वजनिक गरेका छन् । अक्षय कुमारको शीर्ष भूमिका रहेको फिल्ममा उनी वीर सूर्यवंशीको भूमिकामा रहेका छन् ।

यस फिल्मको निर्माता करण जोहर रहेका छन् । यस फिल्मको सुटिङ गोवाबाट सुरु भएको छ । रोहितले आप्mनो फिल्म ‘सिम्बा’को सुटिङकै क्रममा नै यस फिल्मको घोषण गरेका थिए । सिम्बा २०१८ को सुपरहित फिल्म हो । 

प्रतिक्रिया दिनुहोस्