रूसमा एकै दिन ६ हजार ५०९ जनामा कोरोना संक्रमण



एजेन्सी : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १७६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १० हजार ८४३ पुगेको हो ।

एकै दिन ६ हजार ५०९ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख ७ हजार ३०१ पुगेको छ ।

२ लाख १५ हजार १४२ जनाको उपचार भइरहेको छ भने ४ लाख ८१ हजार ३१६ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्