फिल्म ‘शिवानी’को ‘काली काली गोरी गोरी’ गीत सार्वजनिक



काठमाडौं  : आगामी वर्ष भदौ १६ मा रिलिज हुन लागेको फिल्म ‘शीवानी’को पहिलो गीत सार्वजनिक भएको छ ।  यस फिल्मले ‘काली काली गोरी गोरी’ बोलको गीत सार्वजनिक गरेको छ ।

यस गीतमा बाबुल गिरीले संगीत दिएका छन् । यस गीतको लेखन सिनेश सुवेदीले गरेका छन् । यस गीतलाई संगीतकार बाबुल गिरी र अन्जु पन्तले गायका छन् । 

यस गीतमा निर्मल शर्मा, छुल्ठिम गुरूङ फिचर भएका छन् । यस फिल्मलाई उपेन्द्र प्रसाद खड्का र  रमेश विशुङ्खेको संयूक्त निर्देशन गरेका छन् । यस फिल्ममा उत्तम विष्ट, पुर्णिमा लामा, प्रशान्त कुमार यादव, दीपा कार्की तथा शिवानी खड्का लगायतका कलाकारले काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्