लोकगायिका नेपालीले गरिन् आत्महत्या



पोखराः पोखरामा एक गायिकाले आत्महत्या गरेकी छिन् । लामो समयदेखि पोखरा क्षत्रलाई कर्मथलो बनाएर ‘दोहोरी साँझ’ मा लोकगायिकाका रुपमा कार्यरत गायिकाले सुनिता नेपालीले आत्महत्या गरेकी हुन् ।

नेपालीले केही समय पहिले देखि पोखरास्थित फेवा दोहोरी साँझमा गायिकाका रुपमा गीत गाउँदै आएकी थिइन् । उनले गतराति ९: ५० बजे झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले जानकारी दिए ।

पोखरा गैह्रापाटनस्थित जयराम कोइरालाको घरमा भाडामा बस्दै आएकी उनी विगत ५ वर्षदेखि कास्कीको बिरेठाँटीका ध्रुव लामिछानेसँग रिलेशनसिपमा बस्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरुले श्रीमान श्रीमती भएको बताउँदै आएका थिए । कोठामा भित्रबाट चुकुल लगाइएको अवस्थामा प्रहरीले ढोका फोरेर हेर्दा सुनिता झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृतक सुनिताकी दिदी गायिका लक्ष्मी नेपालीले हत्या गरेको आरोप लगाउदै लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएकी छिन् । प्रहरीले घट्नाका वारेमा छानबिन भइरहेको जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि पश्चिमाञ्चल अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्