संयुक्त राष्ट्र संघलाई स्वतन्त्र विज्ञहरुको आग्रह



काठमाडौंः चीनले तिब्बतमाथि गरिरहेको दमन रोक्न आग्रह गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदलाई स्वतन्त्र विज्ञहरुको समूहले चीनले तिब्बतमाथि गरिरहेको दमन रोक्न निर्णायक भूमिका खेल्न आग्रह गरेको हो ।

तिब्बतको मानअधिकारको रक्षा र आधारभूत स्वतन्त्रतासमेत हनन भएको जनाउँदै तिब्बत र सिन्जियाङ प्रान्तमाथि चिनियाँ दमन रोक्नका लागि सुरक्षा परिषदले केही उपायहरु खोजेर निर्णायक भूमिक खेल्नुपर्ने बताइएको छ ।

उनीहरुले तिब्बत र सिन्जियाङका धार्मिक जातीय अल्पसंख्यक समुदायमाथि लागातार दमन भैरहेको भन्दै राष्ट्रसंघको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

चीनले पछिल्लो समय हङकङमाथि पनि सुरक्षा कानुन लागु गर्दै दमन सुरु गरेको विषयमा पनि उनीहरुले राष्ट्रसंघको ध्यानाकर्षण गराए ।

चीनले मानवअधिकार र स्वतन्त्रताको सम्मान गर्नुपर्ने उल्लेख गर्दै हङकङ, तिब्बत र सिन्जियाङमाथिको दमनको नीति अन्त्य गर्नुपर्ने उनीहरुको भनाइ छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका विरुद्ध आलोचना गर्ने, स्वतन्त्रता, प्रजातन्त्र र मानवअधिकारका विषयमा बोल्नेहरुलाई चिनले नियन्त्रणमा लिएर यातना दिने गरेको छ ।

अन्तर्राष्ट्रिय समुदाय एकजुट भएर चीनको दमनकारी नीतिको विरोध गर्दै मानवअधिकारको रक्षा गर्न बाध्य पार्नुपर्नेसमेत उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्