सरिताले जितिन ‘मिस तामाङ २०१९’ को ताज



काठमाडौंः सौन्दर्य प्रतियोगिता ‘मिस तामाङ २०१९’ को उपाधि सरिता पाख्रिनले जितेकी छिन् । राजधानीमा गत शनिबार भएको फिनालेमा २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै पाख्रिनले शीर्ष ताज जितेकी हुन् ।

एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सांस्कृतिक केन्द्रको आयोजनामा भएको प्रतियोगितामा भत्तपुरकी सरिताले १२ औं संस्करणको ताज जितेकी हुन् । ‘मिस तामाङ’ भएपछि उनले तामाङ समुदायमा शैक्षिक तथा चेतना अभिवृद्धिका लागि विभिन्न अभियान सञ्चालन गर्ने बताइन् । उनले तामाङ दिदीबहिनीलाई उद्यमी बनाउनका लागि तालिमहरू समेत सञ्चालन गर्ने खुलाइन्।

उनलाई ‘मिस तामाङ २०१८’ की विजेता सिम्रन स्याङ्बोले ताज पहिर्याइ दिएकी थिइन् । उनले एक लाख नगद र सिल्बर क्राउन तथा गिप्ट ह्याम्पर पाइन् । प्रतियोगितामा सबिना दोङ ‘फस्ट रनरअप’, अप्सरा स्याङ्तान ‘सेकेन्ड रनरअप’, कविता योञ्जन ‘थर्ड रनरअप’ र लक्किसा स्याङ्बो ‘फोर्थ रनरअप’ भए । उनीहरूले क्रमशः ५० हजार, २५ हजार र क्राउन, गिप्ट ह्याम्पर पाएको फेसन होमकी रञ्जिता तामाङले जानकारी दिइन।

प्रतिक्रिया दिनुहोस्