बाबुराम भट्टराईले भने– बल्ल हजूरबा भैयो !



काठमाडौं : जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई हजुरबुबा भएका छन् ।

भट्टराईकी छोरी मानुषी र ज्वाईं जेकेन्द्रलाई अइतबार बिहान १० बजेर ५ मिनेटमा पत्रलाभ भएको हो । भट्टाईले आफू हजुरबुबा भएका भन्दै सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन् ।

मानुषीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा अपरेसन भएको थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईकी छोरी मानुषी र तनहुँका जेकेन्द्र श्रेष्ठबीच २०७२ माघ ३० गते विवाह भएको थियो ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्