मूल्य वृद्धिको विरोधमा नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन



काठमाडौं : नेपाल विद्यार्थी संघका कार्यकर्ताले काठमाडौंको बबरमहलमा आइतबार प्रदर्शन गरेका छन् । सरकारले इन्धनमा मूल्यवृद्धि गरेको भन्दै नेविसंघले प्रदर्शन गरेका हुन् ।

बबरमहलको सडकमा झण्डा र ब्यानरसहित कालोपट्टि बाँधेर उपस्थित प्रदर्शनकारीले ‘नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ भन्दै नारा लगाएका थिए ।

उनीहरुले संकटका बेलामा पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै फिर्ता गर्नुपर्ने माग गरेका छन् । प्रदर्शनमा नेविसंघका अध्यक्ष लगायत सहभागी थिए ।

प्रकाशित : असार २८, २०७७

प्रतिक्रिया दिनुहोस्