गुल्मी पहिरो जाँदा २४८ घर विस्थापित



गुल्मी : गुल्मीको इस्मा गाउँपालिकामा पहिरोबाट ३ सय घर परिवार विस्थापित भएका छन् ।अबिरल वर्षासँगै गएको पहिरोले जिल्लाका विभिन्न स्थानमा गएको पहिरोमा २ सय ४८ घर विस्थापित भएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीका अनुसार पहिरोले इस्मा गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

पहिरोले गाउँपालिकाको–१ मा १ सय ३६ घर, वडा नम्बर–४ मा ५० घर र वडा नम्बर ६ मा ८ घर विस्थापित भएको पन्थीले जानकारी दिए ।

यसैगरी पहिरोबाट मुसिकोट नगरपालिकामा ५४ घर विस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । बाढीपहिरोबाट हुनसक्ने क्षतीलाई मध्य नजर गरेर प्रत्येक स्थानीय तहले आफ्नो विपद् व्यवस्थापन कोषमा थप बजेट छुट्याउने भएका छन् ।

प्रकाशित : असार २९, २०७७

प्रतिक्रिया दिनुहोस्