बोलिभियाका अर्थमन्त्रीलाई कोरोना सङ्क्रमण



एजेन्सी : बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित उहाँ बोलिभियाका चौथो मन्त्री हुनुहुन्छ ।

बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरू कोरोना सङ्क्रमित हुनुभएको थियो । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा हुनुहुन्छ ।

अर्थमन्त्री ओर्टिजका चिकित्सकहरूले उहाँलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको छ । बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना सङ्क्रमित भएका र एक हजार ७५४ जनाको मृत्यु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्