कैलालीमा एसइई परीक्षार्थीको मूल्याङ्कन सम्पन्न



धनगढीः कैलालीमा एसइई परीक्षार्थीको आन्तरिक मूल्याङ्कन सकिएको छ ।

जिल्लाकाका १६ हजार ५ सय ६६ जना एसइई परीक्षार्थीको आन्तरिक मूल्याङ्कन सकिएको हो ।

कोरोना महामारी पछिको लकडाउनले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा स्थगित हुँदा सरकारले विद्यालयले गरेको मूल्याङ्कनलाई अन्तिम आधार मानी नजिता प्रकाशन गर्ने भएपछि कैलालीका २ सय ७७ विद्यालयले विद्यार्थीहरूको प्राप्ताङ्क बुझाएका हुन् ।

२ जना शिक्षक र प्रधानाध्यापकको संयोजकत्वमा ३ सदस्यीय मूल्याङ्कन समिति गठन गरी विद्यालयहरूले नजिता जिल्ला शिक्षा समन्वय इकाई कैलालीमा बुझाएको जनाएको छ ।

जसमध्ये साधारण तर्फ छात्रा ८ हजार ४ सय ३९ जना र छात्र ७ हजार ४ सय ६६ गरी १५ हजार ९ सय ५ जना, त्यस्तै प्राविधिक तर्फ छात्रा ८३ र छात्र १ सय ६९ गरी २५२ जना र ग्रेड वृद्धिका लागी छात्रा २ सय ७१ र छात्र १ सय ३८ जना गरी ४ सय ९ जनाको आन्तरिक मुल्याङ्कका आधारमा नतिजा बुझाइएको छ ।

असार २० गतेसम्म विद्यालयहरूले आन्तरिक मूल्याङ्कन गरी नजिता पठाई सक्नुपर्ने भनी सरकारले निर्देशन जारी गरे अनुरुप कैलालीका विद्यालयहरूले पनि विद्यार्थीहरूको आन्तरिक परीक्षा तथा व्यक्तिगत आचरणका आधारमा मुल्याङ्कन गरी नजिता पठाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्