मुख्य कामको समिक्षासहित विपद व्यवस्थापन समितिको बैठक सकियो



धनगढीः कैलालीको धनगढीमा स्थानीय विपद व्यवस्थापन समितिको बैठक सकिएको छ ।

धनगढी उप-महानगरपालिकामा भएको बैठकमा नेपाल रेडक्रस सोसाईटी कैलालीले (कोभिड-१९) महामारीको समयमा गरेका मुख्य कामको समिक्षा गरेको हो ।

त्यसैगरी धनगढी उप-महानगरपालिकाले तयार गरेको विपद प्रतिकार्य योजनाकाबारेमा पनि छलफल भएको थियो । मनसुन सक्रिय भएकाले प्रतिकार्य योजना एक साताभित्रै बनाएर काम थाल्न नगर कार्यपालिका सदस्य प्रेम सिहं बिकको संयोजकत्वमा टाक्स टिम बनाएको नगरप्रमुख वडले बताए ।

उनले भने,‘सबै वडामा बिपदमा खटिने च्याम्पीयनहरुलाई तयारी अवस्थामा राख्न तथा वडा वडा स्तरीय बिपद व्यबस्थापन समितिको बैठक तत्काल राख्न बैठकले निर्देशित गरेको छ ।’ कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाले धनगढी उप–महानगरपालिकालाई डस्टविन र मास्क पनि उपलब्ध गरायो ।

नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाका सभापती उत्तम जोशीले डस्टविन र मास्क हस्तान्तरण गरे । उनले रेडक्रस कैलाली उप-महानगरपालिकासँग हातेमालो गरी काम गरीरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्