क्षतिको अनुगमन गर्न मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन



जनकपुरधाम: प्रदेश सरकारले बाढीबाट भएको भौतिक एवं अन्य क्षतिको अनुगमन गरि राहत लगायतको अन्य व्यवस्थापन गर्न मन्त्री स्तरीय तीन सदस्यीय समिति गठन गरेकोे छ ।

प्रदेशमा बाढी पहिरोबाट भएको क्षतिको अगुमन गर्दै पीडितलाई राहत लगायतको व्यवस्थापनका लागि प्रदेश २ सरकारले मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको हो ।

मन्त्री परिषदको आज ९मंगलबार० सम्पन्न बैठकले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव र उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री राम नरेश राय सदस्य रहने गरि ३ सदस्यीय समिति गठन गरेको छ ।

उक्त समितिलाई हालै प्रदेशको आठ वटै जिल्लामा आएको बाढीबाट भएको क्षतिहरुको स्थलगत नीरिक्षण अनुगमन गरि पीडितलाई उपलब्ध गराउनुपर्ने राहत तथा अन्य मर्मत सम्भार जस्ता कार्यहरुको सिफारिस प्रदेश सरकारलाई गर्ने जिम्मेवारी दिइएको छ ।

समितिले गरेको सिफारिसको आधारमा प्रदेश सरकारले पीडित परिवारहरुलाई राहत उपलब्ध गराउने छ ।

त्यस्तै मन्त्रीपरिषद् बैठकले लेखा सम्बन्धि पारिश्रमिक र सुविधाहरु सम्बन्धि प्रदेश खर्च मापदण्ड निर्देशिका २०७७ समेत स्वीकृत गरेको छ भने प्रदेश सरकारले चाँडै वातावरण सम्बन्धि ऐन बनाउनका लागि उद्योग, पर्यटन, वन तथा वातावण मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्