फिल्म ‘अर्थको अनर्थ’ सार्वजनिक



काठमाडौं : लामो समय देखि गीत संगीतमा सक्रिय कलाकार बिनोद बाजुराली लघु हाँस्यव्यङ्ग्य फिल्म ‘अर्थको अनर्थ’ मार्फत् कलाकारिताको क्षेत्रमा प्रवेश गरेका छन् । यस फिल्ममा उनको लेखन र निर्देशन पनि रहेको छ । 

उनले फिल्मको कथा भने आफू कार्यरत संगीतलाई नै माध्य बनाएर बनाएका छन् । उनले यस फिल्ममा शास्त्रीय संगीत माथिको बुझाइलाई आधार बनाएर समाजको यथार्थ माथि कटाक्ष गरेका छन् । यस फिल्ममा कुनै पनि विषयमा गहिरो ज्ञान नहुँदा पनि आफूलाई जान्ने सुन्ने देखाउन समाजका पात्रहरुको मनोवृत्तिलाई देखाउने प्रयास गरिएको छ ।  

फिल्म ‘अर्थको अनर्थ’मा कुनै पनि कार्यक्रममा सम्बन्धित क्षेत्रको विज्ञको सटो राजनीतिज्ञ, समाजसेवी, व्यापारी हावी भएको प्रवृत्तिलाई देखाउन खोजिएको छ । यस फिल्ममा कलाकार बाजुरालीका साथै  रामु खड्का, तेजश रेग्मी, महेन्द्र गौतम, भिम थापा, करण साउद, मन्जिता केसी, सुमन परियार लगायतले अभिनय गरेका छन् । यस फिल्मलाई राजेश घिमिरे र हरिश महराले छायांकन गरेको छन् । यस फिल्ममा स्मृति शाहीको स्वरमा शास्त्रीय संगीत सुन्न सकिन्छ । यस फिल्मलाई मालती डिजिटलले  निर्माण गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्