नेपाली फिल्म ‘बुलबुल’ नेपाल–अमेरिका फिल्म फेस्टिभलमा समावेश



काठमाडौं : भर्खरै प्रदर्शनमा आएको नेपाली फिल्म ‘बुलबुल’ नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ओपनिङ फिल्मको रुपमा प्रदर्शन हुने भएको छ।

तीन वर्षदेखि मेरिल्यान्डमा हुँदै आएको उक्त फेस्टिभलमा गत वर्ष नवीन सुब्बाद्वारा निर्देशित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्म फेस्टिबलमा पहिलो फिल्मको रुपमा प्रदर्शनमा आएको थियो। यो तेस्रो संस्करण हो।

जुन २८ देखि ३० सम्म फेस्टिभल चल्ने जनाइएको छ। महोत्सवमा मौलिक फिल्मको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा हुँदै आएको छ। एक महिना प्रदर्शनमा आएको ‘बुलबुल’ले साँढे एक करोड ग्रेस कलेक्सन गरिसकेको निर्माण पक्षले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्