समृद्धिको अभियान कांग्रेसले पूरा गर्छ : नेता सिंह



काठमाडाैं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समृद्धिको अभियान कांग्रेसले पूरा गर्ने बताएका छन् ।

चाक्सिबारीमा बुधवार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकलाई आर्थिक विकास गरी समृद्ध बनाउन कांग्रेसले मात्र सक्ने बताए ।

पार्टीका पूर्व महामन्त्री सिंहले कांग्रेसको १४ औं महाधिवेशनले समृद्धिको अभियान पूरा गर्नसक्ने नेतृत्व ल्याउने विश्वास समेत व्यक्त गरे । ‘फागुन ७ देखि शुरू हुने पार्टीको १४ औं महाधिवेशनले नेतृत्व परिवर्तन हुनुपर्छ,’ उनले भने ।

नेता सिंहले वर्तमान सरकारले समृद्धिको अभियानलाई अगाडि बढाउन नसकेको आरोप लगाए । कोरोना परीक्षण र नियन्त्रणमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको उनको भनाइ छ । उनले चीनबाट ल्याएको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको भन्दै स्वास्थ्यजस्तो संवेदनशील सामग्रीमा भ्रष्टचार गर्ने जोकोहीलाई कानूनको दायरामा ल्याउनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्