भारतमा एकै दिन अहिलेसम्मकै धेरै ३२ हजारभन्दा बढीमा कोरोना संक्रमण



एजेन्सी : भारतमा एकै दिन कोरोना संक्रमण देखिनेको संख्याले नयाँ रेकर्ड कायम गरेको छ ।

कोरोना भाइरसको संक्रमणले एकै दिन त्यहाँ ३२ हजार ६८२ संक्रमित भएका छन् । यो भारतमा एकै दिन संक्रमित हुनेको अहिलेसम्मकै धेरै संख्या हो ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा संक्रमितको संख्या ९ लाख ७० हजार १६९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो ।

अहिलेसम्म संक्रमितमध्ये ६ लाख १३ हजार ७३५ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ३१ हजार ५०५ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएपछि बिहीबार विहानसम्म ज्यान गुमाउनेको २४ हजार ९२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्