अमेरिकामा कोरोनाले १ लाख ४० हजारभन्दा बढीको मृत्यु



एजेन्सी : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९०० जनाको मृत्यु भएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४० हजार ४३ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ६८ हजार ९०५ जनामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३६ लाख १३ हजार ९८२ पुगेको छ ।

कुल संक्रमितमध्ये १६ लाख ३६ हजार ६९८ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १८ लाख ३७ हजार २४१ जनामध्ये १६ हजार ३४६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्