अन्तरिक्षयात्री बन्दै रणवीर  



एजेन्सी : भारतीय अन्तरिक्ष यात्री राकेश शर्माको जीवनमा आधारित फिल्म ‘सारे जहाँ से अच्छा’का लागि बलिउडमा लामो समय देखि अन्यौल भइरहेको छ ।

यस फिल्मा सुरुमा नायक आमिर खानले राकेश शर्माको भूमिका निर्वाह गर्ने बताइएको थियो। तर आमिर खानले आफू अन्य फिल्ममा व्यस्त भएका कारण फिल्ममा अभिनय गर्न नसक्ने भन्दै शाहरुख खानलाई यस फिल्ममा अभिनय गर्न अनुरोध गरेका थिए ।

आमिरको आग्रहमा शाहरुख खानले यस फिल्ममा अभिनय गर्ने बताइएको थियो। तर केही समयपछि उनले पनि यस फिल्ममा काम गर्न अस्वीकार गरेका थिए । त्यसपछि यस फिल्ममा नायक विक्की कौशल राकेश शर्माको भूमिकाका लागि फाइनल भएका खबरहरु सार्वजनिक भएका थिए । तर फिल्म फेयरले सार्वजनिक गरेको खबर अनुसार ‘सारे जहाँ से अच्छा’ मा नायक विक्की कौशल नभएर रणबिर कपूर फाइनल भएका छन् ।

नायक रणवीर कपूरको तर्फबाट भने यस विषयमा कुनै पनि आधिकारिक जानकारी आएको छैन। यति बेला रणबिर कपूर निर्देशक अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’को छायाँकंनमा व्यस्त रहेका छन् । यसका साथै रणबिर कपूर लव रंजनको नयाँ फिल्ममा नायक अजय देवगनका साथ पनि देखिने छन् । 

यसैबीच रणबिर कपूरले राकेश शर्माको बायोपिकमा अभिनय गर्ने निर्णय छिट्टै नै लिन सक्ने बताइएको छ। यस फिल्मको निर्माण रोनी स्क्रुवाला र सिद्धार्थ रोय कपूरले गर्नेछन् । 

प्रतिक्रिया दिनुहोस्