ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ८० हजारभन्दा बढीको मृत्यु



एजेन्सी : ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७१८ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८० हजार २५१ पुगेको हो ।

पछिल्लो २४ घण्टामा २१ हजार ७४९ जना संक्रमित भएसँगै मंगलबार बिहानसम्म ब्राजिलमा कोरोनाले संक्रमित हुनेको संख्या २१ लाख २१ हजार ६४९ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १४ लाख ९ हजार २०२ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३२ हजार १९२ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्