धादिङमा पहिरोले घर पुरिदा एकै परिवारको तीन जनाको मृत्यु



धादिङ : धादिङमा पहिरोमा परिएर एकै परिवारको तीन जनाको मृत्यु भएको छ ।

सोमबार मध्यराति आएको पहिरोले घर पुरिदा त्रिपुरासुन्दी गाउँपालिका–६ गोलङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झाना र छोरी अन्दाजी २ वर्षीया अञ्जिता खाँडको मृत्यु भएको छ ।

मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले बताए ।

केही दिनयता देशभर अविरल वर्षा भइरहेको छ । यो अझै केही दिन रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित : साउन ६, २०७७

प्रतिक्रिया दिनुहोस्