पृथ्वी राजमार्गको वर्तमान अवस्था



काठमाडौं : लगातारको अविरल वर्षापछि पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प भएको छ ।

सडकको पहिरो पन्छाउन अझै केही समय लाग्न सक्ने अधिकारीहरुले बताएका छन् ।

आइतबार रातिदेखि परेको वर्षाका कारण काठमाडौं जोड्ने मुख्य सडक पृथ्वी राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोला पुल बगाएपछि राजधानी आवतजावत ठप्प भएको छ ।

खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि चितवनसँगको आवागमन प्रभावित भएको छ  । पुल भत्केपछि काठमाडौंतर्फ जाने सयौं सवारीसाधन मुग्लिङ फर्केका छन् । यसैगरी बेनीघाटको जोगीमारा हुग्दी खोलादेखि मौवा खोलासम्म ९ स्थानमा पहिरो खसेको छ भने विभिन्न स्थानमा ठूला चट्टानहरू सडकमा खसेका छन् ।

यता जल तथा मौसम विज्ञान विभागले नेपालमा अझै ५ दिनसम्म भारी वर्षा हुने जनाएको छ । न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने विभागका महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिए ।

पृथ्वी राजमार्गको पुल बगाएपछि काठमाडौं आवत-जावत बन्द, विकल्प खोजिदै

प्रकाशित : साउन ६, २०७७

प्रतिक्रिया दिनुहोस्