स्थायी कमिटी बैठक बालुवाटारमा शुरु



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । असार १० गतेबाट शुरु भएको नेकपा स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।

आइतबार बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएपछि आज (मंगलबार) बिहान ११ बजेको लागि तय गरिएको थियो । तर, बैठक बस्नु केही घण्टा अगाडि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको हो । तर, बैठकमा प्रधानमन्त्री ओली भने अनुपस्थित रहेका छन् ।

बैठक शुरु हुनुभन्दा अगाडि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।

छलफलमा दुई अध्यक्ष पार्टीभित्र देखिएको विवाद अन्त्य गरी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन प्रयासरत भएको स्रोतले जनाएको छ ।

प्रकाशित : साउन ६, २०७७

प्रतिक्रिया दिनुहोस्