यी हुन् नेकपा स्थायी कमिटी बैठकले गरेका निर्णयहरु



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले सोमबार चितवानको माडीस्थित चेपाङ बस्तीमा आगो लगाइएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

आठौं पटकको स्थगनपछि मंगलबार बसेको नेकपा स्थायी कमिटीको बैठकले समसामकि विषयमा केही निर्णयहरु गर्दै बैठक स्थगित भएको हो ।

बैठकले बाढी, पहिरो तथा डुवानका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनर्स्थापनको कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

यस्तै चितवनको माडी स्थित चेपाङ बस्तीमा आगो लगाइएको घटनामा पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको स्थायी कमिटि सदस्य केशव बडालले जानकारी दिए ।
अब अर्काे बैठक साउन १३ गते बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा पूर्व निर्धारित विषयहरुमाथि छलफल हुने बताइएको छ ।

मंगलबारको बैठकअघि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

स्थायी कमिटि बैठकमा भने अध्यक्ष ओली अनुपस्थित भएका थिए ।

प्रकाशित : साउन ६, २०७७

प्रतिक्रिया दिनुहोस्