टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु



काठमाडौं : काठमाडौंमा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका–१ टाँसी डाँडामा पहिरोले पुरिएर स्थानीय ३–३ वर्षका सचिन राना र सन्धा रानाका मृत्यु भएको हो ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्का अनुसार मंगलबार खाना खाने समयमा आएको पहिरोले पुरिएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् ।

यसअघि साउन ५ गते काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, गागलफेदीमा गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको थियो ।

पहिरोबाट काठमाडौंमा एक युवकको ज्यान गयो

घटनाको थप विवरण आउन बाँकी छन् ।

प्रकाशित : साउन ६, २०७७

प्रतिक्रिया दिनुहोस्