काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : काठमाडौं उपत्यकामा मंगलबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ८ र ललितपुरमा १ गरी ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपाल १ सय ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा गौतमले पछिल्लो २४ घन्टामा १ सय ५० जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार २४ घन्टामा २७ वटा प्रयोगशालामा ३ हजार ९ सय ६३ परीक्षण भएका छन् ।

हाल नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा झापाका २, सर्लाहीका ३, उदयपुरका ८, इलामका २, सप्तरीका १, मोरङका ३, धनुषाका २९, महोत्तरीका १३, पर्साका २, चितवनका ५, मकवानपुरका ५, काभ्रेपलाञ्चोकका १, रामेछापका २, कैलालीका ४, काठमाडौंका ८, महोत्तरीका १, नुवाकोटका १, ललितपुरका १, गोरखाका ३, म्याग्दीका ३, स्याङ्जाका ३, बागलुङका ३, नवलपरासीका १, बाँकेका ३, दाङका ३, दैलेखका १०, सल्यानका २, डोटीका ४, बझाङका ४ र कञ्चनपुरका २० जना रहेका छन् ।

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख २३ हजार ८३५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २१ हजार ७ सय ४ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ४ सय ७७ जना रहेको छ ।

प्रकाशित : साउन ६, २०७७

प्रतिक्रिया दिनुहोस्