ब्राजिलको एक विद्यालयमा गोलीकाण्ड हुँदा ८ जनाको मृत्यु, पूर्वविद्यार्थीमाथि शंका



एजेन्सीः ब्राजिलको साओ पाउलोनजिक एक विद्यालयमा बुधवार भएको गोलीकाण्डमा कम्तीमा आठजना मारिएको देशको सैन्य प्रहरीले जनाएको छ । हूड लगाएर आएका दुईजना सशस्त्र व्यक्तिहरू सुजानो शहरको स्टेट स्कूल राउल ब्रासिलमा पसेर विद्यार्थी तथा शिक्षकहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए । 

दशजनाभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । ६ जना पीडित घटनास्थलमै मारिएको र दुई अन्य चाहिँ अस्पतालमा बितेको प्रहरीले जनाएको छ । उक्त विद्यालयमा ११ देखि १८ वर्षसम्मका विद्यार्थी पढ्थे । 

दुवै आक्रमणकारीले आफैंलाई मारेको सुजानो प्रहरीले जनायो । उनीहरू त्यसै विद्यालयको पूर्वविद्यार्थी हुन सक्ने आशंका प्रहरीले गरेको छ । बन्दूकधारीहरू विद्यालयमा खाजा खाने बेलामा प्रवेश गरेका थिए ।  प्रहरीले उक्त क्षेत्रमा विस्फोटक पदार्थ हुन सक्ने आशंकामा जाँचबुझ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्