सम्बन्ध प्रचण्डसँग, साथ प्रधानमन्त्री ओलीलाई



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद चर्किदै जाँदा पूर्वमाओवादी नेता एवं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिनुको कारण खुलस्त पारेका छन् ।

मन्त्री भट्टले बीबीसीसँगको कुरामा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सम्बन्ध र अहिले प्रधानमन्त्री ओलीलाई साथ दिनुको कारणबारे खुलस्त पारेका हुन् ।

नेकपा स्थायी समितिका सदस्य समेत रहेका भट्टले बीबीसीसँग कुरा गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीलाई हटाउन नहुने बताएका छन् ।

गत वैशाखमा नेकपाभित्र चित्र चर्किएको विवादका बेला बालुवाटार पुगेर प्रधानमन्त्री परिवर्तनको विपक्षमा रहेको धारणा राखेका उनी त्यसयता मौन थिए ।

उनी प्रधानमन्त्री निकट रहेको समाचारहरू आइरहँदा अन्तिममा आफूलाई साथ दिनेमा प्रचण्ड पक्ष आशावादी देखिन्थ्यो ।

‘प्रधानमन्त्रीलाई हटाइयो भने मुलुकमा अस्थिरता उत्पन्न हुन्छ, त्यसैले मेरो साथ प्रधानमन्त्रीलाई छ,’ पछिल्लो विवादमा चुपचाप देखिएका उनले बीबीसीसँग कुरा गर्दै भनेका छन्–‘पार्टी महाधिवेशन नहुँदसम्म एकजना हस्ताक्षरकर्ता (अध्यक्ष) नरहे त एकता भङ्ग भइहाल्यो नि ।’

प्रकाशित : साउन ७, २०७७

प्रतिक्रिया दिनुहोस्