अपहरण भएको नाटक गर्ने व्यक्ति पक्राउ



काठमाडौँ : अपहरण भएको नाटक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं–४, चुनदेवीका ३० वर्षीय शक्तिराज रेग्मी रहेका छन् ।

महानगरीय अपराध महाशाखाले मंगलबार राति नयाँ बसपार्कस्थित सुगन्ध होटलमा एक युवतीसँग बसिरहेको अवस्थामा फेला पारेको हो ।

उनी असार २४ गतेदेखि सम्पर्कविहीन रहेको अपहरणमा परेको हुन सक्ने भन्दै उनकी श्रीमतीले गत शुक्रबार महाशाखामा उजुरी दिएकी थिइन् । सोही उजुरीमाथि अनुसन्धान हुँदा प्रहरीले उनको खोजी सुरू गरेको थियो ।

उनले विभिन्न व्यक्तिहरूसँग जग्गा व्यवसाय गर्छु भनी करोडौं रुपैयाँ लिएको र पैसा तिर्न नपरोस् भनि अपहरणको नाटक गरेको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्