सन् २०२० मा कोरोनाको खोप बन्दैन : डब्लुएचओ



एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२० मा कोरोना भाइरसविरुद्धको खोप बन्न नसक्ने जनाएको छ ।

संगठनका कार्यकारी निर्देशक माइक रेयानले खोपका अनुसन्धानकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि २०२१ भन्दा अगाडि खोप बन्न नसक्ने बताएका हुन् ।

उनले खोप निर्माणमा ढिलाइ भए पनि यसको सुरक्षा मापदण्डमा अपनाउन आग्रह गरे ।

निर्देशक रेयानले खोपको अनुसन्धान तेस्रो चरणमा रहेको र सुरक्षा मापदण्डमा हालसम्म असफल नभएको पनि बताए ।

कोरोनाविरुद्धको खोपलाई चीन, अमेरिका, बेलायतलगायतका देशहरुले अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्