ब्राजिलमा एकै दिन ५८ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण



एजेन्सी : करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा एकै दिन ५८ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५८ हजार ८० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या २२ लाख ८९ हजार ९५१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ३१७ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ८४ हजार २०७ पुगेको हो ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म

१५ लाख ७० हजार २३७ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ३५ हजार ५०७ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्