अमेरिकामा एकैदिन ६९ हजार कोरोना संक्रमित



एजेन्सी : अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या उच्च रहेको छ ।

वर्ल्डोमिटरका अनुसार बितेको २४ घण्टामा अमेरिकामा ६९ हजार १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, एक हजार १ सय ५० जनाको मृत्यु भएको छ ।

अमेरिका कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो ।

अमेरिकामा कोरोनाबाट हालसम्म ४१ लाख ६९ हजार बढी संक्रमित भएका छन् भने १ लाख ४७ हजार ३ सय ३३ जनाको मृत्यु भैसकेको छ । १९ लाख ७९ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्