डब्ल्यूएचओका प्रमुखद्वारा अमेरिकी विदेशमन्त्रीको आरोप खण्डन



एजेन्सी : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का प्रमुख डा. टेड्रोस एडनाम गेब्रियेससले अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले लगाएको आरोपको खण्डन गरेका छन् ।

अमेरिकी विदेशमन्त्रीले पोम्पिओले मंगलबार लण्डनमा चीनका कारण टेड्रोस गेब्रियेसस विश्व स्वास्थ्य संगठनका प्रमुख बनेको आरोप लगाएका थिए ।

बिहीबार जेनेभामा पत्रकारसँगको कुराकानीमा विश्व स्वास्थ्य संगठनका प्रमुखले गब्रियसले भने, ‘उनको बयान गलत, अस्वीकार्य र आधारहीन छ । यतिबेला संगठनको सबै ध्यान मानिसहरुलाई कसरी बचाउने भन्ने हो । यस्ता टिप्पणीले संगठनको ध्यान विचलित हुदैन ।’

अमेरिकाले लगातार डब्ल्युएचओको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ । चीनको पक्षमा काम गरेको तथा तथा कोरोनाबारे बेलैमा सूचित गर्न नसकेको जस्ता आरोप लगाउँदै अमेरिकाले डब्ल्युएचओसँगको सम्बन्ध तोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्