काँग्रेस महाधिवेशनमा मधेस बहस : भत्किदो किल्ला जोगाउने कसरी ?



काठमाडौं : नेपाली कांग्रेसमा १४ औँ महाधिवेशनले पार्टी आधार क्षेत्र मानिएको मधेसलाई कसरी सम्बोधन गर्छ भन्ने प्रश्न उब्जिएको छ । पछिल्लो दशकमा मधेसमा पकड गुमाउँदै गएको कांग्रेसले आगामी महाधिवेशनबाट मधेससँग जोडिन लिने नीति र विधिमा सबैको नजर सोझिएको छ ।

कांग्रेसबाट पलायन भएका नेता कार्यकर्तालाई पार्टीमा फर्काउन कस्तो नीति अख्तियार गर्छ भनेर चर्चा र चाँसो व्यक्त हुन थालेका पाइन्छ । पछिल्लो नयाँ दल स्थापना हुन र पार्टीभित्र मधेसको मुद्दामा देखिएको उदासीनताले कांग्रेसले मधेस गुमाउँदै गएको छ ।

पार्टीभित्र मधेसको विषय प्राथमिकतामा पर्न छोडेपछि मधेसको हस्तीका रुपमा हेरिएका नेताहरु पछिल्लो दशक कांग्रेसबाट पलायन हुनुले वर्तमान अवस्था खडा भएको देखिन्छ ।

मधेसी समुदायमा बलियो पकड भएका महन्थ ठाकुुर, विजयकुरा गच्छदार, शरदसिंह भण्डारी, लक्ष्मणलाल कर्ण, जेपी गुप्ता, वृशेषचन्द्रलाल, रामचन्द्र कुशवाह, अनिश अन्सहरीलायतले कांग्रेस छोडे । यद्यपि गच्छदार भने २०७४ असोजमा आफूले नेतृत्व गरेको लोतान्त्रिक फोरमसहित नेपाली कांग्रेसमा आइसकेमा छन् ।

मधेसमा शक्ति क्षय हुँदै गएको कांग्रेसलाई गच्छेदार आएरमा मात्र पूर्ण शक्ति आर्जन हुने कुरा भएन ।

कांग्रेसको वर्तमान इतिहास निर्माण मधेस महत्वपूर्ण हिस्सा बनेको विगत छ । संसदीय निर्वाचनका लागि विगतमा भएका ७ निर्वाचनमा काँग्रेसको लागि सिट संख्या बढाउन अकाट्य सत्यका रुपमा मधेस स्थापित क्षेत्र हो । तर गत आम निर्वाचनमा कांग्रेसले मधेसमा पनि अपेक्षाकृत मत ल्याउन सकेन । मधेसमा आफ्नो पूनर्ताजकीका लागि नीतिगत ढंगले काँग्रेस अगाडि आउनुपर्ने बहस सुरु भएको छ ।

राजनीतिक विश्लेषक सीके लालका अनुसार विगतमा मधेसको पार्टी भनेको कांग्रेस जनतामा छाप थियो ।

मधेसको पार्टी भनेको कांग्रेस हो भनेर नै मधेसीले बम हान्न साहस जुटाएका हुन् । कांग्रेसका लागि मधेसीको त्यो भरोसा सन् १९८० सम्म रह्यो। कांग्रेस मधेसलाई न्याय हुन्छ, न्याय हुन्छ, न्याय हुन्छ भनेर आश्वासन दिइरहेकै थियो । तर जनमत संग्रहपछि कांग्रेसमा विचलन देखिएको उनको बुझाइ छ ।

उनले भने, ‘त्यस बेलासम्म पार्टी प्रतिबन्धित थियो। आश्वासन बाँडे मात्रै पुग्ने थियो। खुलारुपमा आइसकेपछि स्रोत चाहिए मधेसले दिने, कार्यकर्ता चाहिए मधेसले दिने। निर्णय गर्ने ठाउँमा बाहुन क्षेत्री मानव स्रोतका लागि मधेस, बैठक गर्ने ठाउँका लागि पनि मधेस, चन्दा उठाउन पनि मधेस ।

तर, निर्णयमा मधेसको अस्तित्व कहीँ रहेन । जनमत संग्रहपछि अलिकति वितृष्णा आउँदैथियो ।’ कांग्रेस कार्यकर्ताको पनि संरक्षण गर्न सकेन । लालका अनुसार एमालेले अलिअलि कार्यकर्ता पनि हेर्ने र कांग्रेस नातागोताभन्दा बाहिर जानै सकेन । नियुक्ति दिनुप¥यो भने कांग्रेसले नातागोतामात्रै हे¥यो ।

कसले कुन नेतासँग नाता जोड्न सक्छ, त्यसमै कांग्रेस सिमित भयो । मधेसीको नातागोतामा ठूला नेता त कोही थिएन । कोइराला हो भने त्यान्द्रो जोड्दै पूर्वी पहाडका बाहुनहरु त सबै पुग्न भ्याउने भए । कृष्णप्रसाद भट्टराईसँग गोरखाका भट्टराईदेखि सबै नातागोता जोड्न आए ।

कांग्रेसमा मधेसका भनेका महेन्द्र नारायण निधी, शेख इद्रिस सानो आवाज मात्रै थिए ।

उनले भने, ‘सन् १९९० पछि मधेसीको वितृष्णा फेरि बढ्यो । पार्टीमा लागेपछि के पाउँछु भन्ने हुन्छ । कांग्रेस पुरानो पार्टी, नयाँ प्रवेशीलाई ठाँउ त नहुने नै भयो। अर्को कुरा कांग्रेस जातिवादी पार्टी बनेर गएको छ । नेतृत्वको २ – ४ जना बाहुनहरुलाई छोडिदिने हो भने पहाडे क्षेत्रीहरुको जातिवादी पार्टी हो । पार्टीमा लागेर पद पाउनका लागि संयम त बाँकी रहेन ।’ तर यसका लागि मधेसबाट कांग्रेसमा आस्थावानहरुले सहादत दिएका थिइन् ।

पञ्चायती व्यवस्थाविरुद्ध मधेसबाट कांग्रेसमा आस्थावान् कामेश्वर, कुशेश्वर, साकेतचन्द्र मिश्र, डा लक्ष्मीनारायण झा, शिवचन्द्र मिश्र, राम लक्ष्मणले सहादत दिएका थिए ।

कांग्रेसका लागि सप्तरीका रामेश्वर सिंह, गजेन्द्रनारायण सिंह लगायतका मधेसी मूलका कांग्रेस नेताहरुले योगदान दिए । मोरङका चेतुलाल चौधरी र धनुषाका महेन्द्रनारायण निधिको राणा शासन विरुद्धको आन्दोलनमा विशेष सक्रियता रह्यो।

शेख इद्री, राजनारायण मिश्रले पनि बिपीको अगुवाईमा भएको आन्दोलनलाई साथ दिए । पञ्चायतविरुद्ध प्रतिरोधात्मक आन्दोलन मधेसकेन्द्रित भएर नै कांग्रेसले सञ्चालन ग¥यो । मधेसमा बस्ने मधेसी वा पर्वतीय मूलका दुवै समुदायले उत्तिकै कांग्रेसलाई साथ दिएको जेपी गुप्ताको बुझाइ छ ।

माेरङमा चैतुलाल चौधरी कांग्रेसका प्रभावशाली नेता थिए । कांग्रेसको आन्दोलनमा सप्तरीमा सिंह परिवारले प्रभावकारी भूमिका निर्वाह गरेको थियो । रामेश्वरप्रसाद सिंहको प्रतिष्ठा सप्तरीमा उच्च थियो । जयमंगलप्रसाद सिंह पनि प्रजातान्त्रिक आन्दोलनमै थिए ।

सप्तरीमै इन्द्रदेवप्रसाद सिंह कांग्रेसको झन्डा बोकेर २०४६ को आन्दोलनमा होमिएका थिए । उनीसँगै मधुकान्त सिंह पनि आन्दोलनमा सहभागी भएका थिए । सप्तरीमै गजेन्द्र नारायण सिंहको भूमिका उल्लेखनीय थियो ।

महोत्तरीमा कांग्रेस आन्दोलनलाई शसक्त बनाउन मिश्र परिवारले भूमिका निर्वाह गरेको थियो। रामनारायण मिश्रको परिवारले कांग्रेस सिरहामा रेग्मी र गिरि परिवारले कांग्रेसको आन्दोलनलाई साथ दिए ।

बुनुदेवी रेग्मीले परिवार कांग्रेस राजनीतिको दृश्यबाट अहिले बाहिरिएको छ । मधेसमा कांग्रेसलाई मलजल गर्न गिरि परिवारको पनि हात छ। तुलसी गिरि र रुद्रप्रसाद गिरि कांग्रेसमै थिए । तर ७० वर्षको इतिहास बोकेको काँग्रेसमा यतिबेला मधेसबाट बिलियो प्रतिनिधित्व गर्ने नेताको अभाव देखिन्छ ।

काँग्रेसमा फर्किएर उपसभापति भएका विजय गच्छदार मणी हराएको नेता बन्न पुगेका छन् भने अर्का उपसभापतिमा पनि विमलेन्द्र निधिले पनि पहाडीवादी बहुमतसँग निरीह बन्नु परेको अवस्था छ । प्रदीप गिरी वैद्धिकता पनि मधेसी जनताका लागि कागलाई बेल पाक्यो हर्सन विस्मतको अवस्थामा छ ।

मधेसीको भावना सम्बोधन गराउन उनीहरुले पार्टीभित्र निर्णाय हस्तक्षेप गर्न सकिरहेको अवस्था छैन । यद्यपि पछिल्लो समय उपसभापति निधिलाई गिरीले निर्णाय हस्तक्षेपका लागि ब्याकप दिरहेको पाइन्छ ।

आन्तरिक राजनीतिक अस्तित्वको लडाइँ लड्दै गरेको मधेसलाई कांग्रेसको १४ औँ महाधिवेशनले कति राहत पुर्याउछ ? यतिबेलाको यक्ष प्रश्न बनेको छ ।

सांगठनिकको भावनाभन्दा पनि व्यक्तिगत वा पार्टीगत स्वार्थले भरिएका नेतृत्वलाई मधेसले बेलैमा पहिचान गर्न नसक्दा वर्तमान अवस्था खडा भएको छ । कांग्रेसले पार्टी निर्माणमा मधेसको योगदानलाई ध्यानमा राखेर मधेसी जनतालाई केन्द्रिमा राखेर के कस्तो नीति लिन्छ भन्ने विषय पनि चाखलाग्दो नै छ ।

व्यक्तिगत स्वार्थलाई नै सर्वोपरी ठानेका नेताहरुको विकल्पमा कांग्रेसले नीति दिए मधेस फेरि काँग्रेससँग जोडिने विश्लेषक लालको बुझाइ छ । मधेशको मुद्दा बेचेर राजनीतिक भविष्यमात्र जोगाइराख्ने प्रवृत्तिको अन्त्यका लागि काँग्रेसले नीतिगत रुपमा आफूलाई प्रस्ट्याउन १४ औँ महाधिवेशन कोशेढुंगा सावित हुने देखिन्छ ।

स्थानीय रुपमा पाएको स्रोत र अधिकारलाई विवेकपूर्ण ढंगले उपयोग गर्दै आर्थिक र सामाजिक विकासका मधेसी जनतालाई जोड्दै विगतका गल्तीहरुलाई सच्याउनु कांग्रेसका लागि मधेसमा आजको आवश्यकता बनेको छ । कांग्रेसले स्थानीय तहमा सम्बोधन गर्नुपर्ने मुद्दाहरुलाई संस्थागत गरी केन्द्रस्तरका मुद्दाहरुका लागि ‘नयाँ राजनीतिक मार्ग’ निर्माण गर्नु नै उपयुक्त हुनेछ ।

यसका अतिरिक्त संविधान जारी गर्ने प्रकृयादेखि नै यसमा निहित अन्तरवस्तुहरुले मधेसमा सरकार तथा संविधानप्रति अपनत्वको भावना ह्रास हुँदै गएको कुरामा पनि कांग्रेस सचेत हुन जरुरी छ ।

एउटै सीमानाभित्र बसेर पनि बाहिरियाजस्तो व्यवहार सामना गर्दै आएका शिक्षित, सक्षम, सचेत तर असन्तुस्ट युवाहरुको मनोविज्ञान कांग्रेसले क्यास गर्नु महाधिवेशनबाट लिने नयाँ नीति कुर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्