आज ‘दिल बेचारा’ रिलिज हुँदै



काठमाडौंः सुशान्तसिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ आज (शुक्रबार) रिलिज हुँदै छ ।

चलचित्र बेलुका ७ः ३० बजे भारत, अमेरिका, यूके र क्यानडाका डिज्नी प्लस हटस्टारका सब्सक्राइबर र ननसब्सक्राइबर दुवैका लागि एकै साथ प्रिमियर हुँदै छ ।

निर्माण टिमले सुशान्तलाई समर्पण स्वरूप चलचित्र सबैका लागि निः शुल्क देखाउने घोषणा गरेका छन् । अर्थात डिज्नी प्लस हटस्टारका ग्राहक नभए पनि चलचित्र हेर्न पाउने छन् ।

यस चलचित्र जोन ग्रिनको किताब ‘फल्ट इन आवर स्टार’ र सन् २०१४ मा रिलिज भएको सोही नामको हलिउड चलचित्रको हिन्दी रिमेक हो ।

कास्टिङ डिरेक्टर मुकेश छाब्राको निर्देशकीय डेब्यु यस चलचित्रमा सुशान्त र सन्जना सान्घी लिड रोलमा छन् । भने सन्जनाको यो देब्यु चलचित्र हो । उनीहरूका साथै सैफ अली खान, स्वस्तिका मुखर्जी र जावेद जफरीको पनि महत्त्वपूर्ण भूमिका रहनेछ ।

‘दिल बेचारा’ क्यानसर पीडित किजीको (सन्जना) सपोर्ट ग्रुपमा जानेक्रममा क्यान्सरलाई जित्न सफल म्यानी (सुशान्त) सँग भेट हुन्छ । विस्तारै उनीहरू एक–अर्कासँग नजिकिन थाल्छन् र म्यानीले किजीको हरेक सपना पूरा गरिदिन्छन् ।

६ जुलाईमा रिलिज भएको चलचित्रको ट्रेलरले चौबीस घण्टाभित्र धेरै लाइक कमाएर हलिउड चलचित्र ‘एभेन्जर्स एन्ड गेम’ लाई पनि उछिनेको थियो । चलचित्रका गीतहरू कम्पोजर एआर रहमानले गरेका थिए । दुईदिन अघि मात्रै चलचित्रको टिमले सुशान्तलाई सांगीतिक श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्