राम मन्दिर भूमि पूजामा प्रतिबन्ध लगाउन माग, उच्च अदालतमा रिट



इलाहाबाद– अयोध्यामा राममन्दिर निर्माणको लागि अगस्त ५ मा प्रस्तावित भूमि पूजामा प्रतिबन्ध लगाउन माग गर्दै बिहीबार इलाहाबाद उच्च अदालतमा निवेदन परेको छ । दिल्लीका साकेत गोखलेले इलाहाबाद उच्च अदालतका मुख्य न्यायाधीशलाई पीआईएल पठाएका हुन् ।

पीआईएलमा भूमि पूजा कोभिड १९ को अनलक–२ को मार्गनिर्देशनको उल्लंघन गरिएको उल्लेख छ । तीन सय मानिसहरू भूमि पूजामा भेला हुनेछन्, जुन कोभिडको नियमको बिरूद्ध हुनेछ।

निवेदन मार्फत भूमि पूजा कार्यक्रममा प्रतिबन्ध लगाउन माग गरिएको छ। उक्त कार्यक्रम कोरोना संक्रमणको जोखिम बढाउने अनुमान गरिएको छ । यूपी सरकारले केन्द्रको दिशानिर्देशहरू छुट गर्न नसक्ने पनि निवेदनमा उल्लेख छ ।

प्रधान न्यायाधीशले पीआईएलको रूपमा पत्र याचिका सुनेपछि कार्यक्रममा प्रतिबन्ध लगाउन भनिएको छ। साकेत गोखले धेरै विदेशी अखबारमा काम गरिसकेका छन् र सामाजिक कार्यकर्ता पनि हुन्।

यद्यपि रिट सुनुवाईका लागि मुख्य न्यायाधीशले अनुमोदन गरेको छैन। राममन्दिर ट्रस्टको साथमा केन्द्रीय सरकारलाई पनि यस रिट पक्ष बनाइएको छ। एजेन्सी/ जि न्यूज हिन्दी

प्रतिक्रिया दिनुहोस्