हुण्डी कारोबारी ढुण्डीराज २० लाख रकमसहित पक्राउ



काठमाडौंः उपत्यकामा गैरकानूनी हुण्डी कारोबार गर्ने १ जना करीब २० लाख रुपैयाँसहित पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले आज (शुक्रवार) काठमाडौंको विशाल बजारबाट स्याङ्जा कालिगण्डकी गाउँपालिका–५ ताँपका ढुण्डीराज न्यौपानेलाई पक्राउ गरिएको हो ।

उनी हाम्रो गण्डकी इन्टरप्राइजेजका सञ्चालक हुन् । सामाजिक सञ्जाल भाइबरमार्फत् हुण्डी कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्