सीमा क्षेत्रमा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण



झापा : पूर्वी नेपालको काँकरभिट्टा सीमा क्षेत्रमा खटिएका १८ जना सशस्त्र प्रहरीका जवानमा कोरोनाभाइरस (कोभिड–१०)को संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण हुने सशस्त्र प्रहरीमा १७ जना पुरुया र १ महिला रहेका छन् । उनीहरु सीमाक्षेत्र, होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खट्दै आएका थिए ।

यसअघि पनि काँकडभिट्टाकै सीमा क्षेत्रका २ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँका अनुसार २ जनामा संक्रमण देखिएपछि साउन ७ गते थप ४८ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा परिक्षणका लागि पठाइएको थियो ।

संक्रमण देखिएका सबैलाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड अस्पतालमा लागिएको छ । शुक्रबार साँझसम्ममा झापामा संक्रमितको संख्या ३ सय ४५ पुगेको छ । संक्रमण देखिएका सबैको अवस्था सामान्य रहेको चौलागाईँले जानकारी दिए ।

हालसम्म जिल्लामा २ सय ९९ जना भने निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : साउन १०, २०७७

प्रतिक्रिया दिनुहोस्