एम्बुलेन्सको ठक्करबाट बाँकेमा पैदल यात्रीको मृत्यु



नेपालगञ्ज : बाँकेको कोहलपुरमा एम्बुलेन्सको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ९, कौशिल्या मेमोरियल नजिक भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा जाजरकोट घर भएका सागर चनाराको मृत्यु भएको हो । उनी आफन्तीको घरमा आएका थिए।

शुक्रबार राति साढे १० बजे कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको एम्बुलेन्सले ठक्कर दिएपछि गम्भीर घाइते भएका चनारालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो ।

उपचारको क्रममा उनको मृत्यु भयो । चनारालाई ठक्कर दिने एम्बुलेन्सलाई बाँके प्रहरीले नेपालगञ्जबाट नियन्त्रणमा लिएको छ ।

प्रकाशित : साउन १०, २०७७

प्रतिक्रिया दिनुहोस्