नेइमारको निर्णायक गोलले १३ औँ पटक फ्रेन्च कपको उपाधि पिएसजीलाई



काठमाडौंः पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ ।

गएराति भएको फाइनल खेलमा १० खेलाडीमा सीमित भएको सेन्ट-इटिएनलाई १-० ले पराजित गरेर पिएसजीले उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको खेलमा नेइमारले १४ औँ मिनेटमा गरेको गोल नै पिएसजीलाई उपाधि दिलाउन पर्याप्त भएको थियो ।

३१ औं मिनेटमा लोइक पेरिनले सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि सेन्ट-इटिएन १० खेलाडीमा सीमित भएको थियो । १३ औँ पटक पिएसजीले कपको उपाधि जितेको हो ।

खेलका लागि रंगशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो । गएको अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो ।

खेलमा केलियन एमबाप्पे चोटग्रस्त भएर मैदानबाट बाहिरिन बाध्य भएका थिए रुँदै मैदानबाट बाहिरिएका एमबाप्पेलाई उपाधिको खुशीले केही राहत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्